आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाचार

कालोबजारी आरोपमा भक्तपुरबाट ७ हजारमा ग्यास बेच्ने एक जना पक्राउ

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
8 August 2026, Saturday पढ्न 1 min read मिनेट
सेयर:
कालोबजारी आरोपमा भक्तपुरबाट ७ हजारमा ग्यास बेच्ने एक जना पक्राउ

खाना पकाउने एलपी ग्यासमा उच्च मूल्य लिई कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।

उपभोक्ताहरूलाई प्रति सिलिन्डर रु. ७ हजारका दरले ग्यास बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले चेकजाँच तथा अनुगमन गर्ने क्रममा उनको डेराबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्