कारभित्र मृत भेटिएकी रश्मी रिजालको सीसीटीभी फुटेज फेला, तेस्रो पक्षको संलग्नता नदेखिएको प्रहरीको भनाइ
तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित कारभित्र जलेको अवस्थामा मृत भेटिएकी ४५ वर्षीया रश्मी रिजालको घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ।
फुटेजमा रिजाल आफैं अगाडिको ड्राइभर सिटबाट पछाडिको सिटमा सरेको र केहीबेरपछि कारबाट धुवाँ निस्किएको देखिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा कुनै तेस्रो पक्षको संलग्नता वा शंकास्पद गतिविधि नदेखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारण खुल्नेछ। रिजाल साउन ८ गतेदेखि सम्पर्कविहीन थिइन् भने भोलिपल्ट दिउँसो आफ्नै प्रयोगमा रहेको ईभी कारभित्र जलेको अवस्थामा मृत फेला परेकी थिइन्।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्