'स्पाइडर-म्यान'को नेपालमानयाँ रेकर्ड: ११ दिनमै १४ करोड पार
टम हल्यान्ड स्टारर हलिउड फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ ले नेपाली बक्स अफिसमा धमाकेदार प्रदर्शन गरिरहेको छ। प्रदर्शनको ११ औं दिनसम्म आइपुग्दा फिल्मले नेपालमा १४ करोड रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन गर्दै नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बन्न सफल भएको छ।
यस क्रममा फिल्मले धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ जस्ता ठूला फिल्मलाई उछिनेको छ। अब यसअघि जवान, एनिमल, आरआरआर, केजीएफ २ र पुष्पा २ मात्र अगाडि छन्।
विश्वभर १ बिलियन डलर भन्दा बढी कमाइसकेको यस फिल्मको आक्रामक व्यापारिक गति नेपालका सिनेमाघरहरूमा पनि तत्कालै रोकिने छाँटकाँट छैन।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्