आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
मनोरञ्जन

शो बढाउँदै चलचित्र ‘गौँथली’

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
26 July 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
शो बढाउँदै चलचित्र ‘गौँथली’

 

काठमाडौं । चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्रले दोस्रो सातामा शो संख्या र दर्शकको चापसमेत बढाएको निर्माण पक्षले जनाएको छ।

सुरुवातमा करिब २ सय शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा बढी शो पाएको निर्देशक कपिल रिजालले बताए। उनका अनुसार चलचित्रका अधिकांश शोमा दर्शकको उपस्थिति उत्साहजनक छ।

‘गौँथली’ले पहिलो साता कति व्यापार गर्‍यो भन्ने आधिकारिक विवरण भने चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्सअफिस रिपोर्टपछि मात्रै खुल्नेछ। निर्देशक रिजालले चलचित्रको बक्सअफिस रिपोर्ट अपेक्षाभन्दा राम्रो आउने दाबी गरेका छन्।

पहिलो दिन औसत देखिएको हलको अकुपेन्सी त्यसपछिका दिनमा बढ्दै हाउसफुलसम्म पुगेको निर्माण पक्षको भनाइ छ। चलचित्र हेर्न परिवारसहित दर्शकहरू हलमा पुगिरहेका छन् भने महिला दर्शकको उपस्थिति उल्लेख्य रहेको बताइएको छ।

चलचित्रको टिमले काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट तथा प्रतिक्रिया लिइरहेको छ। दर्शकले चलचित्रलाई मौलिक कथावस्तु र पारिवारिक भावनासँग जोडिएको भन्दै प्रशंसा गरिरहेको निर्माण पक्षले जनाएको छ।

‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्र ‘गौँथली’को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन्।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्