दीपमाला ढकाल बनिन् मिस नेपाल,पहिलो एनआरएन विजेताको कीर्तिमान
दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जित्दै पहिलो गैरआवासीय नेपाली (एनआरएन) विजेता बन्ने इतिहास रचेकी छन्। हङकङबाट प्रतिस्पर्धामा सहभागी भएकी उनले मिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पससहित चार सहविधा पनि जितेकी छन्।
दीपमालाले मिस नेपाल हङकङको उपाधिबाट मुख्य प्रतिस्पर्धामा प्रवेश गरी लगातार मिस नेपालको ताज जित्ने पहिलो डायस्पोरा प्रतिनिधि बन्ने कीर्तिमानसमेत कायम गरेकी छन्। अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्