१० दिनमा ‘गौँथली’को कमाइ साढे सात करोड नजिक
चलचित्र ‘गौँथली’ ले प्रदर्शनको १० दिनमा सात करोड ४२ लाख ७३ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डका अनुसार गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले यो कमाइ गरेको हो।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। चलचित्र डा. भोला रिजालको कथामा आधारित छ भने पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
यस्तै, ‘रोल नं १’ ले हालसम्म एक करोड ७८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। मुकुन भुसाल मुख्य भूमिकामा रहेको यो चलचित्रको निर्देशन जोन योञ्जनले गरेका हुन् भने निर्माण विनोद पौडेलले गरेका हुन्।
त्यसैगरी, हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको ‘भागदौड’ ले एक लाख रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा उल्लेख छ। चलचित्रमा विशाल पोखरेल, अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल र लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्