आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
गण्डकी प्रदेश

जन्मदिन मनाउन गएका १७ वर्षीय किशोरको हत्या, चार जना पक्राउ

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
26 July 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
जन्मदिन मनाउन गएका १७ वर्षीय किशोरको हत्या, चार जना पक्राउ

बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन रहेका छन्।

प्रहरीका अनुसार साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जनाले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।

साउन २ गतेदेखि सम्पर्कविहीन भएपछि परिवारले इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएको थियो। त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा, पोलिग्राफ परीक्षण तथा स्थानीयवासीको सहयोगमा व्यापक खोजी तथा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानकै क्रममा साउन ९ गते बिहान बडिगाड–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा आइफोनको विषयमा भएको विवादपछि भएको कुटपिटका कारण लजिनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्