बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुँदै
राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबार हाजिर जमानीमा रिहा भएकी बेदिका केसी आज (शुक्रबार) पुनः नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित हुने भएकी छन्। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार उनलाई शुक्रबार उपस्थित हुने सर्तमा बिहीबार हाजिर जमानीमा रिहा गरिएको हो।
एसपी गिरीले घटनासम्बन्धी अनुसन्धान अझै जारी रहेको बताए। उनका अनुसार उजुरीमा उल्लेखित विषयमा आवश्यक प्रमाण संकलन, बयान तथा प्राविधिक विश्लेषण भइरहेको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
राधिका दासीले सामाजिक सञ्जालमार्फत आफूमाथि मानहानि तथा साइबर अपराध भएको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले बेदिका केसीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्