आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाचार

ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी सेवा दुई सिफ्टमा सेवा सञ्चालन हुने

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी सेवा दुई सिफ्टमा सेवा सञ्चालन हुने

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।

विभागका अनुसार साउन १४ देखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा दिइने विभागले जनाएको छ।

ईपीएस आवेदनका लागि राहदानी अनिवार्य भएकाले पछिल्लो समय राहदानी बनाउन आउने सेवाग्राहीको संख्या बढेको विभागले जनाएको छ। बढ्दो चाप व्यवस्थापन गरी सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालन गरिएको विभागले जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्