आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाचार

पहिरो र बाढीले ५ मुख्य राजमार्ग प्रभावित

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
30 July 2026, Thursday पढ्न 1 min read मिनेट
सेयर:
पहिरो र बाढीले ५ मुख्य राजमार्ग प्रभावित

अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण देशका पाँच प्रमुख राजमार्गका सात स्थानमा यातायात प्रभावित भएको छ।

नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेसम्म ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुरको बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्ग प्रयोग भइरहेको छ।

यस्तै, इलामको राजदुवाली क्षेत्रमा पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा बन्द छ। काभ्रेको विपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकको चारकिलो–तातोपानी र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्गका दुई खण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन्। प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्