आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाचार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका छन्।

उनकी छोरी मानुषी भट्टराईका अनुसार मंगलबार बेलुका चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो।

चिकित्सकहरूले डा. भट्टराईमा बेनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (BPPV) को लक्षण देखिएको बताएका छन्। मानुषीका अनुसार अन्य सबै स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएको छ।

हाल डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको उनले जानकारी दिएकी छन्।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्