आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाज

तीन सातादेखि तातोपानी नाका ठप्प: बाटो अवरुद्ध हुँदा नेपाल–चीन व्यापार प्रभावित

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
8 August 2026, Saturday पढ्न 1 min read मिनेट
सेयर:
तीन सातादेखि तातोपानी नाका ठप्प: बाटो अवरुद्ध हुँदा नेपाल–चीन व्यापार प्रभावित

नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार मानिने तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको पहिरोका कारण सडक सञ्जाल बिच्छेद हुँदा दुई देशबीचको वैदेशिक व्यापार ठप्प बनेको हो।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्ध पार्दा चीनतर्फबाट सामान बोकेर आएका मालवाहक कन्टेनरहरू सीमामै रोकिएका छन्। "सडक अवरुद्ध भएकाले चीनतर्फबाट सामान भित्र्याउन सकिएको छैन," अधिकृत गिरीले भने, "पहिरो हटाएर सडक कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने टुंगो अझै लागेको छैन।"

नाका लामो समय ठप्प हुँदा व्यापारीहरू मारमा परेका छन् भने चाडपर्व नजिकिँदै गर्दा आयातित सामान सीमापारि नै रोकिने जोखिम बढेको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्