आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाज

चिकित्सकको आन्दोलन अन्त्य, आजदेखि अस्पतालका सबै सेवा नियमित

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
30 July 2026, Thursday पढ्न 1 min read मिनेट
सेयर:
चिकित्सकको आन्दोलन अन्त्य, आजदेखि अस्पतालका सबै सेवा नियमित

सरकार र नेपाल चिकित्सक संघबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्। त्यससँगै आजदेखि देशभरका अस्पतालहरूमा नियमित रूपमा सबै स्वास्थ्य सेवा सुचारु भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीच भएको वार्तापछि सहमति जुटेको हो। सहमतिपछि आन्दोलन स्थगित गर्दै चिकित्सकहरू नियमित सेवामा फर्किएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालका एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक संघले आन्दोलन घोषणा गरेको थियो। आन्दोलनका क्रममा मंगलबार र बुधबार देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका थिए।

आन्दोलन अन्त्य भएसँगै आजदेखि अस्पतालहरूले नियमित रूपमा सबै सेवा सञ्चालन गर्न थालेका छन्।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्