आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाज

बसको ठक्करबाट मृत्यु भएका मोटरसाइकलमा सवार दुवैको पहिचान खुल्यो

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
26 July 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
बसको ठक्करबाट मृत्यु भएका मोटरसाइकलमा सवार दुवैको पहिचान खुल्यो

 कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ।

आइतबार बिहान करिब १ बजे शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले लु.प्र.०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मृत्यु हुनेमा यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ रहेका छन्। मोटरसाइकल सर्जुले चलाएका थिए। उनीहरू नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवै जनालाई सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनीहरूलाई चिकित्सकले बिहान पौने २ बजेतिर मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ खैरागारका २१ वर्षीय सुनिल राना प्रहरी नियन्त्रणमा छन्। बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ खरीगैराका २८ वर्षीय श्यामकुमार कामीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएर कपिलवस्तु ल्याएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्