आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
समाज

एकै दिन ४२ विपद्का घटना, तीन जनाको मृत्यु

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
एकै दिन ४२ विपद्का घटना, तीन जनाको मृत्यु

देशका विभिन्न भागमा एकै दिन ४२ वटा विपद्का घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १० बजेदेखि साउन १२ गते बिहान १० बजेसम्म १० जिल्लामा विपद्का घटना भएका हुन्। यस अवधिमा तीन जनाको मृत्यु, २१ जना घाइते र कुनै पनि व्यक्ति बेपत्ता नभएको जनाएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी १२ वटा सर्पदंश र १२ वटा पहिरोका घटना भएका छन्। यस्तै सात आगलागी, छ अविरल वर्षासम्बन्धी, तीन जनावरको आक्रमण, एक बाढी र एक भूकम्पको घटना दर्ता भएका छन्।

यी घटनाबाट प्रारम्भिक रूपमा करिब ९ लाख २२ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार चालु वर्षको वैशाख १ गतेदेखि साउन १२ गते बिहानसम्म देशभर ३ हजार ७८८ वटा विपद्का घटना भएका छन्। ती घटनामा १९२ जनाको मृत्यु, तीन जना बेपत्ता१ हजार १३९ जना घाइते भएका छन् भने ५ हजार ४ परिवार विभिन्न विपद्बाट प्रभावित भएका छन्।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्