आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
लुम्बिनी प्रदेश

निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर बाँकेमा तीन मजदुरको मृ*त्यु

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
निर्माणाधीन सेफ्टी ट्यांकीमा फसेर बाँकेमा तीन मजदुरको मृ*त्यु

बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र फसेर तीन मजदुरको ज्यान गएको छ।

मृत्यु हुनेमा कोहलपुर–३ निवासी करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुले निर्माण गरिरहेको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्यांकीमा बुधबार बिहान करिब ९ बजे उनीहरू फसेका थिए।

घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले जेसीबीको सहायताले सेफ्टी ट्यांकी फुटाएर तीनै जनालाई बाहिर निकालेको थियो। तर, उनीहरूलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीले जनाएको छ।

मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्