आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
मधेश प्रदेश

बारामा ट्राफिक कारबाही घट्दा सडक दुर्घटना र मृत्यु बढ्यो

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
26 July 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
बारामा ट्राफिक कारबाही घट्दा सडक दुर्घटना र मृत्यु बढ्यो

 बारा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही उल्लेख्य रूपमा घट्दा सडक दुर्घटना र त्यसबाट हुने मानवीय क्षति भने बढेको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १ हजार २११ वटा सडक दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ हजार १४७ दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको थियो। यसरी एक वर्षको अवधिमा दुर्घटनाको संख्या ६४ र मृत्यु हुनेको संख्या १४ ले वृद्धि भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार समीक्षा अवधिमा १५ हजार ६०३ वटा सवारीसाधन ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट १ करोड ३५ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षमा भने २३ हजार ४२४ वटा सवारीसाधन कारबाहीमा परेका थिए भने २ करोड २ लाख ४० हजार रुपैयाँ जरिवाना संकलन भएको थियो। यसले ट्राफिक कारबाही र राजस्व दुवैमा उल्लेख्य गिरावट आएको देखाउँछ।

ट्राफिक प्रहरीले जनशक्ति अभाव र प्रभावकारी निगरानीका लागि आवश्यक उपकरणको कमीका कारण ट्राफिक नियम कार्यान्वयन कमजोर भएको जनाएको छ। प्रहरीका अनुसार कमजोर अनुगमनसँगै सडक दुर्घटनाको संख्या पनि बढ्दै गएको देखिएको छ।

प्रहरीले सडकको जीर्ण अवस्था, तीव्र गति, चालकको लापरबाही तथा ट्राफिक नियमको बेवास्तालाई दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याएको छ।

सडक दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने, नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडाइका साथ कारबाही गरिने तथा निगरानी प्रणालीलाई सुदृढ बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्