आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
प्रविधि

अमेरिकाले राष्ट्रिय सुरक्षा भन्दै चिनियाँ रोबोट आयातमा प्रतिबन्ध लगायो

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
अमेरिकाले राष्ट्रिय सुरक्षा भन्दै चिनियाँ रोबोट आयातमा प्रतिबन्ध लगायो

अमेरिकाले राष्ट्रिय सुरक्षामा जोखिम हुन सक्ने भन्दै ह्युमनोइड तथा चारखुट्टे (क्वाड्रुपेड) सहितका अत्याधुनिक रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यीमध्ये अधिकांश रोबोट चीनमा उत्पादन हुने गरेका छन्।

बीबीसीका अनुसार, अमेरिकाले डाटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टर उपकरणको आयातमा पनि प्रतिबन्ध लगाएको छ। अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले ती उपकरणलाई राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण मानिने ‘कभर्ड लिस्ट’मा समावेश गरेको हो।

एफसीसीका अनुसार यसअघि स्वीकृति प्राप्त गरिसकेका मोडलहरूको आयात वा बिक्रीमा भने नयाँ निर्णयले असर पार्ने छैन।

चीनसँगको व्यापार असन्तुलन घटाउने प्रयास गरिरहेको ट्रम्प प्रशासनले चिनियाँ प्रविधि र निर्यातमाथिको निगरानी थप कडा बनाएको छ। यसअघि पनि अमेरिकाले चीनको सैन्य आधुनिकीकरणको गति सुस्त बनाउने र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा आफ्नो अग्रता कायम राख्ने उद्देश्यले चीनलाई अत्याधुनिक अमेरिकी सेमिकन्डक्टर बिक्रीमा प्रतिबन्ध लगाएको थियो।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्