आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
प्रविधि

किसानका लागि ‘एएमपीआईएस नेपाल’ एप सञ्चालनमा, १२ कृषि बजारको दैनिक मूल्य मोबाइलमै

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
किसानका लागि ‘एएमपीआईएस नेपाल’ एप सञ्चालनमा, १२ कृषि बजारको दैनिक मूल्य मोबाइलमै

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विभागले किसानलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपीआईएस नेपाल’ (AMPIS Nepal) मोबाइल एप सञ्चालनमा ल्याएको छ।

एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिनेछ। यसमा न्यूनतम, अधिकतम र औसत थोक मूल्य, बजारअनुसार मूल्य तुलना, मूल्यको प्रवृत्ति (ट्रेन्ड) तथा कृषि मौसमी सल्लाहसम्बन्धी जानकारी पनि उपलब्ध हुनेछ।

यो एप मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधार कार्यसूचीअन्तर्गत राष्ट्रिय कृषि बजार सूचना प्रणालीलाई डिजिटल माध्यमबाट किसानसम्म पुर्‍याउने उद्देश्यले विकास गरिएको कृषि विभागले जनाएको छ।

कृषिमन्त्री गीता चौधरीका अनुसार एपले किसानलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य समयमै थाहा पाउने र उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न सहयोग पुर्‍याउनेछ।

कालीमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीका संघीय कृषि बजारको दैनिक थोक मूल्य एपमा उपलब्ध हुनेछ।

एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न मिल्ने यो एप कृषि विभागको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरेर डाउनलोड गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्