आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
विश्व

इराकमा अमेरिका र साउदीले गरे आक्रमण, आठजनाको मृत्यु

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
29 July 2026, Wednesday पढ्न 1 min read मिनेट
सेयर:
इराकमा अमेरिका र साउदीले गरे आक्रमण, आठजनाको मृत्यु

अमेरिका र साउदी अरेबियाले इराकमा गरेको आक्रमणमा आठजनाको मृत्यु भएको छ। साउदी अरेबियाका तेल पूर्वाधारमा ड्रोन आक्रमण गरेको आरोपमा अमेरिका र साउदीले बुधबार इराकमा रहेको इरानसमर्थित समूह ‘पपुलर मोबिलाइजेसन फोर्सेस’का विभिन्न स्थानमा आक्रमण गरेका हुन्।

अमेरिकी सेन्ट्रल कमान्ड र साउदी रक्षा मन्त्रालयले पूर्वी इराकका विभिन्न स्थानमा संयुक्त रूपमा आक्रमण गरेको पुष्टि गरेका छन्। साउदी रक्षा मन्त्रालयले आफू तनाव बढाउने पक्षमा नरहेको तर कुनै पनि आक्रमणको उचित जवाफ दिने जनाएको छ।

पपुलर मोबिलाइजेसन फोर्सेसले पनि आफ्ना मुख्यालयमा अमेरिका र साउदी सेनाले आक्रमण गरेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार आक्रमणमा समूहका आठ सदस्यको मृत्यु भएको र चारजना घाइते भएका छन्। आक्रमणबाट समूहका भवन तथा संरचनामा समेत क्षति पुगेको बताइएको छ।

यसैबीच, द्वन्द्व थप चर्किन सक्ने चिन्ताका बीच अमेरिका र साउदीको आक्रमणपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल तीन डलरभन्दा बढीले बढेको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्