जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु
जापानको दक्षिण–पश्चिमी कुमामोटो प्रान्तमा मंगलबार गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको बताएका छन्। भूकम्पपछि भत्किएको एओन सपिङ मल र यात्सुशिरोस्थित निप्पोन पेपरको कारखानामा उद्धार कार्य भइरहेको छ।
भूकम्प गएको करिब एक घण्टापछि एओन सपिङ मलमा ठूलो विस्फोटसमेत भएको थियो। उद्धार तथा राहत कार्यका लागि चार हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। मल व्यवस्थापनका अनुसार काशिमा सहरस्थित एओन सपिङ मलबाट चार जना अझै बेपत्ता छन्।
भूकम्पका कारण स्थानीय क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। सार्वजनिक तस्बिरहरूमा स्थानीय बासिन्दाले क्षतिग्रस्त घरबाट भग्नावशेष र फर्निचर हटाइरहेको देखिएको बीबीसीले जनाएको छ।
७५ वर्षीया एक रेस्टुरेन्ट सञ्चालिकाले भूकम्प आफ्नो जीवनकै सबैभन्दा शक्तिशाली भएको बताएकी छन्।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्