आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
राजनीति

इरानमाथिको ठूलो सैन्य हमला रोक्न ट्रम्पको निर्देशन, अमेरिकी सेनालाई कारबाही स्थगित गर्न आदेश

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
26 July 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
इरानमाथिको ठूलो सैन्य हमला रोक्न ट्रम्पको निर्देशन, अमेरिकी सेनालाई कारबाही स्थगित गर्न आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तयारी अवस्थामा रहेको ठूलो सैन्य कारबाही तत्कालका लागि रोक्न अमेरिकी सेनालाई निर्देशन दिएका छन्। द न्युयोर्क टाइम्सएक्सियोसका अनुसार शुक्रबार ह्वाइट हाउसमा शीर्ष सुरक्षा अधिकारी र मन्त्रिपरिषद्का सदस्यहरूसँग भएको उच्चस्तरीय बैठकपछि ट्रम्पले नयाँ सैन्य आक्रमण अघि नबढाउन आदेश दिएका हुन्।

रिपोर्टअनुसार अमेरिकी सैन्य अधिकारीहरूले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग रहेको प्याट्रियट इन्टरसेप्टर मिसाइल तथा अन्य हवाई रक्षा प्रणालीको मौज्दात तीव्र रूपमा घट्दै गएको जानकारी गराएका थिए। लामो समयसम्म सैन्य अभियान जारी राख्दा अमेरिकी सेना र सहयोगी राष्ट्रहरूको सुरक्षामा गम्भीर असर पर्न सक्ने चेतावनीसमेत दिइएको थियो।

जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पनि इरानविरुद्ध व्यापक सैन्य अभियान सञ्चालन गर्दा मध्यपूर्वमा रहेका अमेरिकी सैनिकहरू प्रत्यक्ष जोखिममा पर्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका थिए। रिपोर्टका अनुसार अप्रिलको अन्त्यसम्म अमेरिकाले १,२०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको छ।

ट्रम्पको निर्देशनपछि लगातार १३ रातदेखि जारी अमेरिकी हवाई आक्रमण शुक्रबार राति पहिलो पटक रोकिएको छ। अमेरिकी सेनाले उक्त रात इरानमाथि कुनै पनि नयाँ हमला नगरेको जनाइएको छ।

यसैबीच, इरानले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लिटको नौसैनिक अखडालाई लक्षित गर्दै ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरिएको छ। उक्त आक्रमणपछि त्यहाँ शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

हालै जोर्डनमा इरानी समर्थित समूहको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाभित्र सुरक्षा चिन्ता थप बढेको छ। त्यही घटनापछि इरानसँगको सैन्य तनाव झन् चर्किएको मानिएको छ।

यद्यपि, पेन्टागनले मध्यपूर्वमा थप सैनिक, युद्ध सामग्री तथा हवाई रक्षा प्रणाली परिचालन गरिसकेको छ। आवश्यक परे इरानका ऊर्जा पूर्वाधार, यातायात सञ्जाल तथा आणविक केन्द्रहरूलाई लक्षित गरी थप सैन्य कारबाही गर्न अमेरिकी सेना तयारी अवस्थामा रहेको जनाइएको छ।

ट्रम्पको यो निर्णय अस्थायी रणनीतिक विराम हो वा तनाव कम गर्ने कूटनीतिक प्रयासको हिस्सा हो भन्ने विषयमा भने अमेरिकी प्रशासनले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।

(एजेन्सीहरूको सहयोगमा)

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्