प्रधानमन्त्री शाहले आज निर्यातमुखी उद्योगीहरूसँग छलफल गर्दै
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रमुख निर्यातमुखी उद्योग तथा व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ, कार्पेट तथा प्लाइउड निर्यातकर्ता तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरू सहभागी हुनेछन्।
छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे केन्द्रित हुने जनाइएको छ। प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र सुदृढीकरण र निजी क्षेत्रका समस्या समाधानका लागि उद्योगी–व्यवसायी तथा सरोकारवालासँग निरन्तर संवाद गर्दै आएका छन्।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्