आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
राजनीति

विधेयक अभावले संसद् निष्क्रिय, सभामुखले समिति सक्रिय बनाउन निर्देशन

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
25 July 2026, Saturday पढ्न 1 min read मिनेट
सेयर:
विधेयक अभावले संसद् निष्क्रिय, सभामुखले समिति सक्रिय बनाउन निर्देशन

सभामुख डोलप्रसाद अर्यालले संसदीय विषयगत समितिका सचिवहरूलाई विचाराधीन विधेयकको काम तीव्र बनाउन र समितिका गतिविधि सक्रिय बनाउन निर्देशन दिएका छन्।

शुक्रबार सिंहदरबारमा भएको छलफलमा समितिका सचिवहरूले विचाराधीन विधेयक र समितिको प्रगतिबारे जानकारी गराएका थिए। सभामुख अर्यालले जनताको अपेक्षाअनुसार संसद् र संसदीय समितिले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।

संघीय संसद् सचिवालयका अनुसार हालसम्म प्रतिनिधिसभाबाट १० वटा विधेयक मात्रै पारित भएका छन् भने राष्ट्रिय सभामा अहिले एउटा पनि विधेयक विचाराधीन छैन। पर्याप्त सरकारी बिजनेस नहुँदा दुवै सदनका बैठकसमेत प्रभावित भएका छन्।

सरकारले यस वर्ष १६६ वटा विधेयक संसद्मा दर्ता गर्ने योजना सार्वजनिक गरे पनि अधिकांश विधेयक अझै मस्यौदाकै चरणमा छन्। संसद् सचिवालयले विधेयक अभावले संसद्को विधायिकी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्