नेप्से सीईओका लागि आवेदन खुला, साउन २६ सम्म दरखास्त दिन सकिने
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरिएको छ।
छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई साउन २६ गतेभित्र कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेश गर्न आग्रह गरेको छ।
आवेदकले मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, पूँजी बजार वा वित्तीय क्षेत्रको व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्षसहित कुल १५ वर्षको कार्यानुभव अनिवार्य गरिएको छ।
उम्मेदवारले नेप्सेको व्यावसायिक कार्ययोजना (Business Plan) सहित रु. ५,००० दस्तुर बुझाएर आवेदन दिन सक्नेछन्।
यसअघि नेप्सेका सीईओ चुडामणि चापागाईंले असार २२ गते पदबाट राजीनामा दिएका थिए। चार वर्षे कार्यकालका लागि नियुक्त भएका उनी नियुक्तिको करिब १५ महिनामै पदबाट बाहिरिएका थिए।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्