आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
अर्थ / वाणिज्य

विदेश भ्रमणको प्रलोभन देखाएर ९ लाख ६५ हजार ठगी, दुई जना पक्राउ

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
26 July 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
विदेश भ्रमणको प्रलोभन देखाएर ९ लाख ६५ हजार ठगी, दुई जना पक्राउ

 विदेश भ्रमण गराउने प्रलोभन देखाउँदै अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक, महेश्वर शान्तिनगरका ३० वर्षीय मोहम्मद यासिर रहेका छन्।

पोखरा महानगरपालिका–५, प्रस्याङस्थित घर भाडामा लिएर भारतीय नागरिकसहितका व्यक्तिहरूले एसिया र युरोपका विभिन्न देशमा भ्रमण गराउने भन्दै अनलाइन ठगी गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई समेत परिचालन गरेर अनलाइन तथा फोनमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूले ‘तीन रात चार दिनको छुट्टी भ्रमण कुपन भर्नुहोस् र जित्नुहोस्, दर्ता गर्नुहोस् र जित्नुहोस्, निश्चित उपहार’ जस्ता प्रलोभन देखाएर कुपन भर्न लगाई रकम उठाउने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार हालसम्म ३० जनालाई एसिया र युरोपका विभिन्न देशमा भ्रमण गराउने प्रलोभनमा पारी कुपन भर्न लगाएर ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर, विभिन्न रजिस्टर तथा अभिलेख पुस्तिका आठ थान, कुपन रसिद छ थान, छाप चार थान तथा विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टीसमेत बरामद गरेको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्