फिफा विश्वकप २०२६ को उत्कृष्ट गोलको अवार्ड केप भर्डेका सिड्नी लोपेस काब्राललाई
फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाविरुद्ध केप भर्डेका *सिड्नी लोपेस काब्रालले गरेको शानदार गोल *'गोल अफ द टुर्नामेन्ट'** घोषित भएको छ।
राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा काब्रालले गरेको आकर्षक कर्लिङ प्रहारलाई विश्वभरका समर्थकको मतका आधारमा प्रतियोगिताकै उत्कृष्ट गोलका रूपमा छनोट गरिएको हो।
यद्यपि उक्त खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाएको थियो। हारका बाबजुद काब्रालको उत्कृष्ट गोलले विश्व फुटबल समर्थकको मन जित्न सफल भएको थियो।
विश्वकप २०२६ को सबैभन्दा स्मरणीय गोलका रूपमा स्थापित भएको काब्रालको यो गोलले केप भर्डेको ऐतिहासिक विश्वकप यात्रालाई थप विशेष बनाएको छ।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्