आज
लोड हुँदैछ...
--:--:--
ताजा
  • सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिने
  • काठमाडौं उपत्यकामा आज हल्का वर्षाको सम्भावना
  • राष्ट्रिय फुटबल टोली भोलि अभ्यासका लागि प्रस्थान गर्ने
  • सेयर बजार सूचकांक आज सामान्य सुधारसँगै बन्द
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन सामान्य
खेलकुद

काभा पुरुष भलिबल च्याम्पियनसिप : बंगलादेशसँग खेल्दै नेपाल

श्रीजना फुयाल (Srijana Phuyal)
श्रीजना फुयाल (Srijana Phuyal) संवाददाता
26 July 2026, Sunday पढ्न 1 min read मिनेट
सेयर:
काभा पुरुष भलिबल च्याम्पियनसिप : बंगलादेशसँग खेल्दै नेपाल

पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ।

लगातार तीन खेलमा पराजित नेपालका लागि बंगलादेशविरुद्धको खेल सेमिफाइनल प्रवेशका लागि निर्णायकजस्तै बनेको छ। नेपाल यसअघिका तीन खेलमा पराजित हुँदै २ अंकमा सीमित छ।

नेपालले कजाखस्तान र श्रीलंकाविरुद्धको खेल पाँच सेटसम्म पुगेपछि गुमाएको थियो। ती दुवै खेलबाट नेपालले समान १ अंक जोडेको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।

यता बंगलादेशले तीनमध्ये दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ। बंगलादेशले उज्वेकिस्तान र कजाखस्तानलाई पाँच सेटमा पराजित गरेको थियो भने पाकिस्तानसँग सोझो सेटमा हारेको थियो।

६ टोली सहभागी प्रतियोगिताको अंकतालिकामा पाकिस्तान ९ अंकसहित अपराजित रहँदै शीर्ष स्थानमा छ। बंगलादेश ४ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २ अंकसहित पुछारमा छ।

लिग चरणका खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। त्यसैले नेपालका लागि शीर्ष चारमा स्थान बनाउन बंगलादेशविरुद्धको खेल जित्नुपर्ने चुनौती छ। प्रतियोगितामा नेपाल अहिलेसम्म जितविहीन एक मात्र टोली हो।

आइतबार कजाखस्तान र श्रीलंकाका साथै पाकिस्तान र उज्वेकिस्तानबीच पनि खेल हुनेछ। नेपालले लिग चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्नेछ।

विज्ञापन

यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्